पर्सामा हैजा संक्रमितको संख्या १९० पुग्यो

40
Shares

काठमाडौँ, १७ भदौ । पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० जना पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएको छ । कुल १ सय ९० जना हैजा सङ्क्रमितमध्ये हालसम्म १ सय ७४ जना निको भएका छन् ।

हैजा र झाडापखाला देखिएको वीरगञ्जमा समग्रमा ९ सय २० जना बिरामीमध्ये ८ सय जनाभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

हैजाका नयाँ बिरामी देखिने क्रम अझै रोकिएको छैन । प्रभावित क्षेत्रमा सङ्क्रमण थप फैलिन नदिन जनचेतना र सरसफाइका काम भइरहेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *