पछिल्लो चौबिस घण्टामा ८४ जनामा हैजा संक्रमण पुष्टि

88
Shares

काठमाडौँ, १३ भदौ । पछिल्लो चौबिस घण्टामा हैजाका ८४ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का  अनुसार वीरगञ्ज, वारा र पर्सासहितका मधेस प्रदेशका जिल्लामा सो सङ्क्रमित पुष्टि भएका हुन् ।

यससँगै हाल १८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । भने कुल संक्रमितको संख्या ६२४ पुगेको छ । त्यसमध्ये निको हुनेको संख्या ४३७ रहेको छ ।

सक्रिय सङ्क्रमितमध्ये नारायणी अस्पतालमा ६८ जना उपचाररत रहेकामा पछिल्लो २४ घण्टामा मात्रै ५२ जना नयाँ सङ्क्रमित भर्ना भएका छन् ।

त्यसैगरी तराई अस्पतालमा ३९ र वीरगन्ज हेल्थकेयर अस्पतालमा १९ जना सक्रिय बिरामीको उपचार भइरहेको छ । एडभान्स अस्पतालमा ८ जना, नेसनल मेडिकल कलेजमा १८ जना र अन्य स्वास्थ्य संस्थाहरूमा पनि नयाँ बिरामीहरू भर्ना भएको इडीसिडीले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *