स्क्रब टाइफस संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

24
Shares

काठमाडौँ, १० भदौ । पाल्पामा स्क्रब टाइफस संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।

रैनादेवी छहरा-१ की ११ वर्षीया अस्मिता कुमालको स्क्रब टाइफस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

अत्यधिक ज्वरो आउने लगायतका लक्षण देखिएपछि आफन्तले बालिकालाई उपचारका लागि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए।

प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला सदरमुकाम तानसेन ल्याउने क्रममा  बाटोमै मृत्यु भएको हो।

यो वर्ष पाल्पामा मात्रै २३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित भएको एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने प्राण घातक रोग हो।

स्क्रब टाइफस सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, आँखाको गेडी रातो हुनेजस्ता लक्षण देखिने र यसको उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण हुने चिकित्कले बताएका छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *