कान्ति अस्पतालमा पनि टिकट काटन लाइनमा उभिनु नपर्ने

0
Shares

kanti-bal-hospital1

काठमाडौँ, २ मंसिर – कान्ति बाल अस्पतालले पनि ओपिडी जाँचका लागि टिकट लिन उभिएर लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । अस्पतालले एक साता अघि देखि डिजिटल कुपन सिस्टम लागू गर्दै उभिएर लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरेको हो ।

अस्पतालका निर्देशक डा. अजित रायमाझीले एक साता अघि देखि कान्तीमा टोकन सिस्टम लागू गरेको बताए । उनले यो व्यवस्थासंगै टिकट लिन आउने व्यक्तिलाई उभिएर लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । ‘

कुपन लिएर कुर्सीमा बसे हुन्छ ।डिस्प्लेमा नाम र नम्बर आएपछि टिकट काटने ठाँउमा गए हुन्छ । त्यसमा कुन कोठामा कति नम्बर पालो भन्ने समेत उल्लेख हुन्छ,’ उनले भने ।

यता देशकै पुरानो अस्पताल बीर अस्पतालमा कुपन सिस्टम लागू गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “कान्ति अस्पतालमा पनि टिकट काटन लाइनमा उभिनु नपर्ने”

  1. yasko suruwat pahilai bhayeko ho Kanti ma only thing is there was some problem initially and restarted recently.

Leave a Reply

Your email address will not be published. Required fields are marked *