कान्ति अस्पतालमा पनि टिकट काटन लाइनमा उभिनु नपर्ने
काठमाडौँ, २ मंसिर – कान्ति बाल अस्पतालले पनि ओपिडी जाँचका लागि टिकट लिन उभिएर लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । अस्पतालले एक साता अघि देखि डिजिटल कुपन सिस्टम लागू गर्दै उभिएर लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरेको हो ।
अस्पतालका निर्देशक डा. अजित रायमाझीले एक साता अघि देखि कान्तीमा टोकन सिस्टम लागू गरेको बताए । उनले यो व्यवस्थासंगै टिकट लिन आउने व्यक्तिलाई उभिएर लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । ‘
कुपन लिएर कुर्सीमा बसे हुन्छ ।डिस्प्लेमा नाम र नम्बर आएपछि टिकट काटने ठाँउमा गए हुन्छ । त्यसमा कुन कोठामा कति नम्बर पालो भन्ने समेत उल्लेख हुन्छ,’ उनले भने ।
यता देशकै पुरानो अस्पताल बीर अस्पतालमा कुपन सिस्टम लागू गरेको छ ।
yasko suruwat pahilai bhayeko ho Kanti ma only thing is there was some problem initially and restarted recently.