पछिल्लो चौबिस घण्टामा १५ जनामा डेंगी संक्रमण पुष्टी

48
Shares

काठमाडौँ, १५ साउन । पछिल्लो चौबिस घण्टामा देशभर १५ जनामा डेंगी संक्रमण पुष्टी भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)का अनुसार पछिल्लो पछिल्लो चौबिस घण्टामा देशभर १५ जनामा डेंगी संक्रमण पुष्टी भएको हो ।

यो सँगै नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ५१ पुगेको छ ।

मनसुन सक्रिय भएसँगै पछिल्लो एक साताको अवधिमा ७४ जिल्लामा १५७ जनामा डेंगी संक्रमित भेटिएको डिसिडीले जनाएको छ ।

डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *