सिजेरियन सेक्सन शल्यक्रियामार्फत ४३ सेकेन्डमा सकुशल बच्चा जन्माई महाकाली पारीका डाक्टर हरिओमले राखे विश्व कीर्तिमान

4.6k
Shares

कञ्चनपुर, १४ साउन । सिजेरियन सेक्सन शल्यक्रिया गरी बच्चा जन्माउन सामान्यतया कति समय लाग्ला ? १५ मिनेट ? आधा घण्टा ? कि एक घण्टा ? वा अझ धेरै ? चिकित्सक भन्छन् गर्भवतीको अवस्था हेरेर समयको निर्धारण हुन्छ ।

तर, सुदूरपश्चिम प्रदेशको दोधारा चाँदनी अस्प्तालमा कार्यरत चिकित्सकले भने अनुमान नै गर्न नसकिने गरी छिटो सिजेरियन सेक्सन शल्यक्रिया मार्फत सकुशल रुपमा बच्चा जन्माई विश्व रेकर्ड कायम गरेका छन् ।

हजुर, दोधारा चाँदनी अस्पतालमा कार्यरत एमडीजीपी डाक्टर हरिओम केशरीले सुत्केरीका लागि अस्पताल आएकी एक गर्भवती महिलाको सिजेरियन सेक्सन शल्यक्रियामार्फत ४३ सेकेन्डमा सकुसल बच्चा जन्माई  विश्व कीर्तिमान उनले विश्व कीर्तिमान कायम गरेका हुन् ।

सीएस शल्यक्रिया मार्फत सकुशल बच्चा जन्माउने उनको यो छरितोपनले विश्व रेकर्ड कायम गरेको हो ।

इन्टरनेशलन बुक अफ रेकर्डस र एलिट वर्ल्ड रेकर्डले सबैभन्दा छिटो सिजेरियन सेक्सन शल्यक्रिया गरी बच्चा जन्माउने चिकित्सकको कीर्तिमानको मान्यता दिएका छन् ।

दोधारा चाँदनी अस्पतालमा कीर्तिमानी शल्यक्रिया भएको ३० बैशाख (१३ मे २०२५) का दिन हो । आपतकालीन अवस्थामा गरिएको सो शल्यक्रियाले यसअघि सबैभन्दा छिटो सीएस गरेर  सकुशल बच्चा जन्माएर राखेको विश्व कीर्तिमान ( १ मिनेट ५ सेकेण्ड)लाई उछिनेको थियो ।

डा. केशरीका अनुसार एक २५ वर्षीया महिला (जो ४० हप्ता ६ दिनकी गर्भवती थिईन) लाई अस्पतालमा ल्याइएको थियो ।

पहिलो तीन घण्टा उनलाई प्राकृतिक रुपमा नै सुत्केरी गराउने प्रयास गरियो तर त्यसपछि भनेर निरन्तर भ्रुण संकट प्रकट भयो । जसले तत्काल सीएस गर्नु पर्ने अवस्था सिर्जना भयो ।

निक साइमन इन्स्टिच्युटको सहयोगमा प्राथमिक स्वास्थ्य कैन्द्रबाट १५ शैय्याको आधारभूत अस्पतालमा स्तरोन्नती भएको दोधारा चाँदनी अस्पतालमा एमडीजीपी क्लिनिकल संयोजकको रुपमा रहेका छन् । बारा कलैयाका डा. केशरी उनै चिकित्सक हुन् ।

उनले आफूसंग व्यापक र आपतकालीन प्रसूति तथा नवजात शिशु स्याहारमा १५ वर्ष भन्दा बढीको अनुभव भएको बताउँछन् । उनले नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रहरु जस्तै अछाम जिल्ला अस्पताल, मंगलसेन, खोटाङ जिल्ला अस्पताल दिक्तेल लगायतका ठाउँमा उपचार गरेको अनुभव छ ।

कीर्तिमानी सिएसका लागि डा केशरीलाई डा आदित्य बर्मा, स्टाफ नर्स दुर्गा पातली, कमला महता, शंंकर कुँवर (एनेस्थेसिया सहायक)ले सघाएका थिए । यस्तै निमित्त मेसु डा जीवन किरण स्नेही, र अर्जुन लावड, गरिमा जोशी र दीपिका जोशी पनि सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “सिजेरियन सेक्सन शल्यक्रियामार्फत ४३ सेकेन्डमा सकुशल बच्चा जन्माई महाकाली पारीका डाक्टर हरिओमले राखे विश्व कीर्तिमान

  1. Sorry to say but this is not a reality.pls ask one simple question to that doctor : do you think that given statement is correct??? N the answer will be no and no. Pls correct before writing such on realistic news. Time which was mentioned was just the time required to delivery a baby feom womb.(uterus). My time was 25 seconds but we never disclose such a stupid statement. Any queries pls contact me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *