‘वर्ल्ड हेपाइटिस डे’ को सन्दर्भ पारेर नारायणा हेल्थ इन्डियाले काठमाडौँमा गर्यो ‘मिट एण्ड ग्रीट’ कार्यक्रम ‘
काठमाडौँ, १४ साउन । ‘वर्ल्ड हेपाइटिस डे-२०२५’ को सन्दर्भ पारेर नारायणा हेल्थ इन्डियाले सोमबार काठमाडौँमा ‘मिट एण्ड ग्रीट’ कार्यक्रमको आयोजना गरेको छ ।
जनरल प्रयाक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन नेपाल (जीपीईएमएएन) सँगको सहकार्यमा आयोजित कार्यक्रममा नारायणा हेल्थ इन्डियाबाट आएका विज्ञहरुले कलेजो रोग, यसको पहिचान, जटिलता र समाधानका उपायका बारेमा प्रस्तुतिकरण दिएका थिए ।
नारायणा हस्पिटलका निर्देशक एवं लिभर ट्रान्सप्लान्ट हेड डा. सञ्जय गोजाले आफूले गर्दै आएको रोवर्टिक लिभर सर्जरी तथा लिभर ट्रान्सप्लान्टका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
यस्तै नारायणा हस्पिटल गुरुग्राम इन्डियामा कार्यरत डा. सञ्जयकुमार यादवले लिभर ट्रान्सप्लान्ट, यसको फाइदा, उपलव्धता र विकासको बारेमा विस्तृत रुपमा प्रस्तुति दिएका थिए । उनले नारायणा हस्पिटलले लिभर ट्रान्सप्लान्टमा मारेको फड्को, त्यहाँ जाने बिरामीले लिएको सेवाका बारेमा समेत चर्चा गरेका थिए ।
उनले दीर्घकालीन हेपाटाइटिस बी र सी नजानिदो रुपबाट कलेजोको क्षति तथा क्यान्सर निम्त्याउने भन्दै यसलाई यसबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा बताएका थिए ।
कार्यक्रममा नारायणा हेल्थमा उपचार गरि फर्केका नेपाली बिरामीहरुले समेत त्यहाँका उपचार सेवा उपलव्ध चिकित्सकहरुको विषयमा अनुभव बताएका थिए ।
कार्यक्रममा जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघका अध्यक्ष डा. पुष्पमणि खराल, संघका सहसचिव डा. विकास गौचन लगायतले बोलेका थिए ।
सम्पर्क इमेल : [email protected]