स्वास्थ्य मन्त्री पौडेललाई प्रश्न : चार प्रतिष्ठानको उपकुलपति नियुक्तीमा किन ढिलाई ?

232
Shares

काठमाडौँ, ५ असार । गत चैत महिनामै उपकुलपतिविहीन बनेको चारवटा प्रतिष्ठानमा निमित्त दिएर काम चलाएको तीन महिना नाघि सक्यो । तर अझै कति समय त्यसरी चलाउनु पर्ने हो एकीन भन्न सकिने अवस्था छैन ।

उपकुलपति नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्मा निमित्तको जिम्मामा छाडिएको छ ।

सोमबार आफ्नो एक वर्षे उपलव्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलले थुप्रै विषय राखे पनि प्रतिष्ठानको रिक्त उपकुलपति पदमा नियुक्तीमा किन ढिलाई भयो भनेर सुनाएनन् । तर सञ्चारकर्मीले जिज्ञासा राखेपछि भने उनले त्यस विषयमा सम्छिप्त जवाफ दिए ।

‘म्यारिटको आधारमा छिटो नियुक्त गर्ने हाम्रो प्रयास हो । विगतमा नेतृत्वबीचको असमझदारीले प्रतिष्ठानहरु जसरी अघि बढ्नु पर्ने थियो, त्यसरी हुन सकेन । त्यसैले अवको नेतृत्व प्रतिष्ठानहरुलाई व्यवस्थित ढंगले अघि लैजान सक्ने होस भन्ने आसयलाई पनि जोडेका छोँ । हामीले यसलाई अब छिटै टुङ्ग्याउने कुरा पनि उल्लेख गर्न चाहन्छु,’ मन्त्री पौडेलले भने ।

त्यसअघि स्वास्थ्य सचिव डा विकास देवकोटाले पनि उपकुलपतिको विषयमा आफ्ना धारणा राखेका थिए । उनले भने, ‘उपकुलपतिको नियुक्ती प्रक्रिया ढिलाई भएको छ । यद्धपी अहिले निमित्तले काम कार्वाही सूचारु राखेका छन् ।  ढिलाई हुनुको अर्को कारण उहाँरुले दिएको विवरण एक एक केलाउन पनि समय लागेको हो । त्यसबाहेक तीन समिति सदस्यको कहिले को नमिल्ने कहिले को नमिल्ने हुँदा पनि समस्या आएको हो ।’

कुलपति समेत रहने प्रधानमन्त्री केपी शर्मा ओलीले गत १४ जेठमा मन्त्री पौडेलको संयोजकत्वमा तीन सदस्यीय नाम सिफारिस समिति गठन गरेका थिए । त्यसमा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छा र स्वास्थ्य सचिव डा विकास देवकोटा सदस्य छन् ।

सो समितिले गत ४ असारमा सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र ईच्छुक उम्मेद्धारलाई आवेदन दिन आव्हान गरेको थियो । सो अनुसार बीपीमा १३ जना, पाटनमा १० जना, पोखरामा १७ जना र कर्णालीमा १५ जनाले आवेदन दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *