यस्तो रह्यो स्वास्थ्य मन्त्री प्रदीप पौडेलको एक वर्षे उपलव्धी (प्रतिवेदन सहित)
काठमाडौँ, ५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा मन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्ना उपलव्धी सार्वजनिक गरेका छन् ।
गतवर्ष अर्थात ३१ असार २०८१ मा स्वास्थ्य मन्त्रीको रुपमा कार्यभार सम्हालेका उनले यस अवधीमा भएका नीतिगत, आर्थिक तथा भौतिक प्रगतिका विषयलाई विषयगत रुपमा नै प्रस्तुत गरे । यद्धपी त्यसमा केही अघिल्ला मन्त्रीले गरेका कार्यका निरन्तरता, केही नयाँ काम र केही नियमित हुने गरेका कामका सूचीहरु देखिन्थ्यो ।
मन्त्री पौडेलले भने मन्त्रालयको जिम्मेवारी सम्हाल्दा आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम तथा बजेट पहिल्यै तय भइसकेको हुँदा नयाँ योजनाहरू ल्याउने अवसर सीमित भएको तर विनियोजित बजेट भित्र रहेर पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउने, दीर्घकालीन सुधारको मार्गचित्र कोर्ने र नागरिकलाई लक्षित सेवा प्रवाहमा केन्द्रित हुने उद्देश्यसहित मन्त्रालयले कार्य अघि बढाएको उल्लेख गरेका छन् ।
उनले आज प्रस्तुत भएको उपलव्धी मन्त्रालयले गत २०८१ सालको श्रावण २७ गते सार्वजनिक गरेको विस्तृत कार्ययोजनाका आधारमा प्राथमिकताका क्षेत्रहरू निर्धारण गरी अघि बढाइएका कामका प्रगति समेत भएको बताए ।
सो अवसरमा उनले बजेटको सीमितताका बाबजुद विभिन्न दातृ निकाय र विकास साझेदारसँग समन्वय गरी अतिरिक्त स्रोत जुटाउन सफल भएको बताउँदै भने भने, ‘हाम्रो एक मात्र ध्येय सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु र जनसंख्या व्यवस्थापनमा सशक्त भूमिका खेल्नु हो।’
गत वर्ष थालिएका कतिपय योजनाले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको उनको दाबी छ। स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, औषधि आपूर्ति प्रणालीमा सुधार, मातृ तथा शिशु स्वास्थ्यमा लक्षित कार्यक्रम, दूरदराजका बासिन्दाका लागि मोबाइल स्वास्थ्य सेवा, र प्रविधिमार्फत सेवा पहुँच विस्तारका केही मुख्य पहलहरू रहेका छन्।
यस्तो छ उनले दावी गरेका एक वर्षे उपलव्धीहरु
सम्पर्क इमेल : [email protected]