पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

 

काठमाडौँ, ५ साउन । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उक्त अस्पताल भर्ना भएकी महिलामा असार २५ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

आठ दिनअघि कोरोना सङ्क्रमण भएको र साउन ४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *