म्याग्नस फार्माले ल्यायो ‘मोमेटासोन न्याजल् स्प्रे’
नाकमा राख्ने औषधी उत्पादन गर्ने म्याग्नस बन्यो नेपालकै पहिलो कम्पनी

काठमाडौँ, ३१ असार । नेपाली फार्मास्युटिकल क्षेत्रमा नवीनतम सोच र प्रविधिको परिचायक बनेको म्याग्नस फार्मा अब मोमेटासोन न्याजल् स्प्रे (नाकमा राख्ने औषधी) उत्पादनमा पनि अग्रणी बन्न सफल भएको छ। ‘मोमेकोर’ ब्रान्ड नाममा यो औषधी पहिलो पटक नेपाली फार्मा कम्पनीले उत्पादन गर्न थालेको हो।
मोमेटासोन फ्युरोएट अणुमा आधारित यो न्याजल् स्प्रे सामान्यतः एलर्जीक राइनाइटिस, नाकको पोलिप्स जस्ता समस्या समाधानका लागि प्रयोग गरिन्छ।
अहिलेसम्म यस्तो औषधी पूर्ण रूपमा विदेशबाट आयात हुने गरेको थियो । आयात गर्नु पर्ने औषधी म्याग्नस फार्माले स्वदेशमै उत्पादन सुरु भएपछि नेपाललाई यस खालको औषधी आत्मनिर्भरता तर्फ लग्ने एक महत्वपूर्ण पाइला भएको विश्वास लिइएको छ।
म्याग्नस फार्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के भन्छन्, “हामी सधैं नवीनता र समाजका अपूरा आवश्यकता पूर्तिमा विश्वास गर्छौं। यही सोच अनुरूप हामीले नेपाली बजारमा पहिलोपटक मोमेटासोन न्याजल् स्प्रे उत्पादन सुरु गरेका छौं। यो मात्र सुरुवात हो – हामी एस्तै अन्य आधुनिक र गुणस्तरीय औषधीहरू नेपाली जनताको पहुँचमा ल्याउन प्रतिबद्ध छौं।”
नेपाली फार्मास्युटिकल क्षेत्रमा हालसम्म न्याजल् स्प्रे उत्पादन नै नरहेको अवस्थामा म्याग्नसको यो कदमले नयाँ आयाम थपिएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



