बरिष्ठताका आधारमा डीन नियुक्त गर्न डा. केसीको अर्को चेतावनी
काठमडौँ, २७ कात्तिक – त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएममा) बरिष्ठताको आधारमा डीन नियुक्त नभए तत्काल आमरण अनसन बस्ने बताएका छन् ।
उनले आइतबार दिउसो २ बजेसम्म बरिष्ठताको आधारमा डीन नियुक्त गर्न त्रिविलाई नयाँ अल्टिमेटम दिएका छन् । यसअघि उनले बिहीबारसम्मको अल्टिमेटम दिएका थिए ।
शनिबार विज्ञप्ती जारी गर्दै डा केसीले अन्य मागका पुरा गर्न थप १२ दिनको समय सिमा दिएको बताएका छन् ।
डीन नियुक्तिको लागि गठित सर्च कमिटी र त्रिवि कार्यकारी परिषद्को बैठक आज अनौपचारिक रुपमा बस्दैछ । सो बैठकले आजै डीन नियुक्तिको निर्णय गर्न सक्ने समेत बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




jaile ansan ko dhamki ..budo kam chaina kya ho