बरिष्ठताका आधारमा डीन नियुक्त गर्न डा. केसीको अर्को चेतावनी

dr-gobinda-kcकाठमडौँ, २७ कात्तिक – त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएममा) बरिष्ठताको आधारमा डीन नियुक्त नभए तत्काल आमरण अनसन बस्ने बताएका छन् ।

उनले आइतबार दिउसो २ बजेसम्म बरिष्ठताको आधारमा डीन नियुक्त गर्न त्रिविलाई नयाँ अल्टिमेटम दिएका छन् । यसअघि उनले बिहीबारसम्मको अल्टिमेटम दिएका थिए ।

शनिबार विज्ञप्ती जारी गर्दै डा केसीले अन्य मागका पुरा गर्न थप १२ दिनको समय सिमा दिएको बताएका छन् ।

डीन नियुक्तिको लागि गठित सर्च कमिटी र त्रिवि कार्यकारी परिषद्को बैठक आज अनौपचारिक रुपमा बस्दैछ । सो बैठकले आजै डीन नियुक्तिको निर्णय गर्न सक्ने समेत बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “बरिष्ठताका आधारमा डीन नियुक्त गर्न डा. केसीको अर्को चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *