विदा सकिएको अढाई महिनासम्म सम्पर्कमा नआएपछि प्रहरीका डाक्टरलाई सेवाबाट हटाउने तयारी
काठमाडौँ, १५ असार । विदा सकिएको अढाई महिनासम्म पनि सम्पर्कमा नआएपछि गृह मन्त्रालयले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. विवेक सुनारलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सेवालाई निरन्तरता दिने हो भने विदा सकिएको यतिका दिनसम्म हाजिर वा सम्पर्कमा नआउनुको कारण सहित सात दिन भित्र स्पष्टिकरण लिएर आफ्नो कार्यालयमा आउन भनेको छ ।
डा सुनार ३१ चैतमा हाजिर हुन आउने भन्दै २१ फागुनमै ३० दिनको छुट्टी लिएका थिए ।
तर तोकिएको समयमा उनि आएनन् । झण्डै अढाई महिना नै सम्पर्क विहीन भएपछि मन्त्रालयले उनको घरमा र अन्य खोजतसाल समेत गरेको थियो । तर उनी भेटिएनन् ।
मन्त्रालयले त्यसपछि उनलाई भविस्यमा सरकारी सेवामा प्रवेशमा अयोग्य नठहरिने गरी कार्वाही प्रक्रिया अघि बढाएको हो । डा सुनार डेन्टल डाक्टर हुन् ।
सम्पर्क इमेल : [email protected]