विदा सकिएको अढाई महिनासम्म सम्पर्कमा नआएपछि प्रहरीका डाक्टरलाई सेवाबाट हटाउने तयारी

928
Shares

काठमाडौँ, १५ असार । विदा सकिएको अढाई महिनासम्म पनि सम्पर्कमा नआएपछि गृह मन्त्रालयले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. विवेक सुनारलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सेवालाई निरन्तरता दिने हो भने विदा सकिएको यतिका दिनसम्म हाजिर वा सम्पर्कमा नआउनुको कारण सहित सात दिन भित्र स्पष्टिकरण लिएर आफ्नो कार्यालयमा आउन भनेको छ ।

डा सुनार ३१ चैतमा हाजिर हुन आउने भन्दै २१ फागुनमै ३० दिनको छुट्टी लिएका थिए ।

तर तोकिएको समयमा उनि आएनन् । झण्डै अढाई महिना नै सम्पर्क विहीन भएपछि मन्त्रालयले उनको घरमा र अन्य खोजतसाल समेत गरेको थियो । तर उनी भेटिएनन् ।

मन्त्रालयले त्यसपछि उनलाई भविस्यमा सरकारी सेवामा प्रवेशमा अयोग्य नठहरिने गरी कार्वाही प्रक्रिया अघि बढाएको हो । डा सुनार डेन्टल डाक्टर हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *