शिक्षण अस्पतालमा उपचाररत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटीको स्वास्थ्यमा सुधार

काठमाडौँ, ९ असार । निमोनिया भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको स्वास्थ्यमा सुधार आएको छ ।

सुधार कै कारण गत शनिबार बेलुका उनलाई आईसीयूबाट वार्ड तर्फ सारिएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् ।

‘शनिबार बेलुका नै हामीले आईसीयूबाट वार्डमा सारेका हौँ । अहिले धेरै राम्रो छ । अहिले अक्सिजन पनि दिनु परेको छैन । अब दुई दिन जतिमा डिस्चार्ज गर्ने योजना छ,’ उपचारमा सम्लग्न बरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले भने ।

डा. बाराकोटीलाई एक्युट निमोनिया भएपछि गत ३ असारका दिन त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरि उपचार सुरु गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *