प्रादेशिक अस्पताल गौर मधेस प्रदेशमा पुनः उत्कृष्ट

40
Shares

काठमाडौँ, ४ असार । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल मधेस प्रदेशमा पुनः उत्कृष्ट बनेको छ ।

मधेस प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षणपछि कार्यसम्पादन मूल्याङ्कनको आधारमा गौर अस्पताललाई उत्कृष्ट घोषणा गरिएको हो।

प्रादेशिक अस्पताल गौर मूल्याङ्कनको आधारमा कुल ९१ प्रतिशत नम्बर ल्याएर मधेस प्रदेश को ६ वटा प्रादेशिक अस्पतालमध्ये उत्कृष्ट र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये टपटेनमा कायम रहेको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बताएका छन्।

यस अघि गत फागुन ६ गते ८९ अंक ल्याएर प्रादेशिक अस्पताल गौर प्रदेशमा उत्कृष्ट तथा देशमै टप टेनको सूचीमा परेको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *