दुर्गममा सामुदायिक स्वास्थ्य एकाइ स्थापित

0
Shares

बाग्लुङ, २१ कात्तिक – सबै नागरिकमा सहज स्वास्थ्य सेवा पु¥याउन जिल्लामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।

त्यस्ता एकाइ अधिकांश दुर्गम गाविसमा लक्ष्य गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नौ गाविसमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भइसकेका छन् ।

हाल रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीसम्म सहज पहुँच नपुगेका सर्वसाधारणलाई लक्ष्य गरेर सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरिएको छ । “साबिकमा रहेका स्वास्थ्य संस्थामा पायक नपर्ने र ठूलो भूगोलमा बस्ने सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्थाका ठाउँमा एकाइ गरेका छौँ” –बाग्लुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले भने। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *