दुर्गममा सामुदायिक स्वास्थ्य एकाइ स्थापित
बाग्लुङ, २१ कात्तिक – सबै नागरिकमा सहज स्वास्थ्य सेवा पु¥याउन जिल्लामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।
त्यस्ता एकाइ अधिकांश दुर्गम गाविसमा लक्ष्य गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नौ गाविसमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भइसकेका छन् ।
हाल रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीसम्म सहज पहुँच नपुगेका सर्वसाधारणलाई लक्ष्य गरेर सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरिएको छ । “साबिकमा रहेका स्वास्थ्य संस्थामा पायक नपर्ने र ठूलो भूगोलमा बस्ने सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्थाका ठाउँमा एकाइ गरेका छौँ” –बाग्लुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले भने। रासस