पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन

काठमाडौँ, १३ बैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। ७७ वर्षको उमेरमा गएराति ११ बजे उनको निधन भएको नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले जानकारी दिए।
विसं २००४ सालमा जन्मिएका डंगोल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
०५६ मा पहिलोपटक सांसद भएका डंगोललाई कांग्रेसले समानुपातिकबाट सभासद् बनाएको थियो ।
उनको पार्थिव शरीरलाई अहिले उनको निवासमा राखिएको छ ।
उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा थिएनन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



