वीर अस्पतालको अपरेशन थिएटर बाहिर चिकित्सकमाथि हातपात

4.5k
Shares

 

काठमाडौँ, २६ माघ । वीर अस्पतालको अपरेशन थिएटर बाहिर चिकित्सकमाथि हातपात भएको छ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको बताए ।

निर्देशक पौडेलका शल्यक्रियाको ड्युटीमा रहेका सेवामा ग्यास्ट्रो सर्जन डा शरद पोख्रेल र सानुमाया मगर लगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *