केयुको उपुकलपतिका लागि योग्यता सच्याईयो, विद्यावारिधी होइन अब स्नातकोत्तर भए पुग्ने

744
Shares

काठमाडौँ, १८ माघ ।  काठमाडौँ विश्वविद्यालय उपकुलपति बन्न शैक्षिक योग्यता विद्यावारिधी चाहिने व्यवस्था हटाइएको छ । उपकुलपति खोज तथा सिफारिस सम्वन्धी समितिले गत १६ माघमा कार्यविधि संसोधन गर्दै शैक्षिक योग्यतामा विद्यावारिधिको ठाउँमा स्नातकोत्तर तह राख्ने निर्णय गरेको छ ।

यसअघि उपकुलपति पदमा विद्यावारिधि योग्यता राख्दा चिकित्सा क्षेत्रका व्यक्तित्वहरुले सो अवसरबाट बन्चित हुँने भन्दै चिकित्सकहरुले विरोध जनाएका थिए ।

विरोध बढ्दै जाँदा केयुका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले समितिलाई मिलाएर लैजान संकेत गरेका थिए । सोही अनुरुप कार्यविधि संसोधन गरिएको सिफारिस समितिद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

समितिले नयाँ कार्यविधि सार्वजनिक गरेसंगै उपकुलपतिमा आवेदन दिन आजदेखि एक साताको म्याद थपेको छ ।

नयाँ कार्यविधि हेर्न यहाँ क्लिक गर्नुहोस्

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *