सामुदायिक स्वास्थ्य एकाइलाई घर–जग्गा दान

0
Shares

 

 

भक्तपुरको झौखेलमा रहेको जग्गा

पाँचथर, ११ असोज –  स्थानीय फलैँचा गाविसकी एक किशोरीले आफ्ना दिवङ्गत बाबुको स्मृतिमा आफ्नो नाममा रहेको तीन रोपनी जग्गा र दुईतले घरसामुदायिक स्वास्थ्य संस्थालाई दान गरेका छन्।

स्वर्गीय बाबु काजीमान बानियाँको स्मृतिमा छोरी सिर्जनाले फलैँचा गाविस– १ मा रहेको तीन रोपनी जग्गा र दुईतले ढुङ्गा माटोको घर सोही वडामा रहेको सो संस्थालाई प्रदान गरेका हुन्।

तीस रोपनी भन्दा बढी जग्गा आफ्नै नाममा भएकी सिर्जनाले सोमबार झन्डै रु पाँच लाख मूल्य पर्ने घर जग्गा स्वास्थ्य संस्थाको नाममा पास गरिदिएका छन् । विष्णु उच्च मावि च्याङ्थापूमा कक्षा १२ मा अध्ययनरत बाबु आमाविहीन सिर्जना ठूलो बाबु पर्ने रामबहादुर बानियाँसँग बस्दै आएका छन्।

गत वर्ष स्थापित उक्त सामुदायिक स्वास्थ्य संस्थाले जग्गा सहितको सो घर पाएपछि सेवा प्रवाहमा थप सहज हुने संसथाकी इन्चार्ज विनिता योङ्हाङले बताए। उक्त स्वास्थ्य संस्थाबाट गाविसका वडा नं १, २ र ३ तथा ओयाम–१ का बासिन्दाले सेवा लिँदै आएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *