नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ४५ प्रतिशत उत्तीर्ण

172
Shares

काठमाडौँ, २६ मंसिर ।  नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत सोमबार देखि आज सम्म सञ्चालन गरेको एघारौँ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । यसपटक स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नतिजालाई औषतमा हेर्दा ४४.७४ प्रतिशत देखिएको छ ।

यद्धपी, छुट्टा छुट्टै हेर्दा  स्नातकोत्तर तहमा ४५.९८ प्रतिशत, स्नातक तहमा ६५.६५ प्रतिशत र प्रमाणपत्र तहको लाइसेन्स परीक्षामा २२.५९ प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषद्का अनुसार यसपटक स्नातकोत्तर तहको लाइसेन्स परीक्षामा एमडी होमियोप्याथी, एमएस्सी अप्टोमेट्री लगायत विभिन्न १८ विषयका ८७ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ४० जना (४५.९८ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

यस्तै स्नातक तर्फ व्याचलर इन एनेस्थेसिया, व्याचलर इन अप्टोमेट्री लगायत विभिन्न १३ विषयका १ हजार ४०३ जना सहभागि भएका थिए । त्यसमध्ये ९२१ जना (६५.६५ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यस्तै पीसीएल तर्फ पीसीएल इन डेन्टल हाइजीन, पीसीएल इन फीजीओथेरापी लगायतका विभिन्न नौ विषयका १ हजार ९६१ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ४४३ जना अर्थात २२.५९ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

परीक्षा एडभान्स एजुकेशन एण्ड इनोभेटीभ रिसर्च सेन्टर प्रालि बबरमहल काठमाडौँ केन्द्रमा सञ्चालन गरिएको जनाएको छ ।

परिषद्ले उत्तीर्ण भएकाहरुको प्रमाणपत्रको वितरणका लागि पछि  सूचना प्रकाशित गर्ने समेत उल्लेख गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गरेर जानुहोस्

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *