पूर्वराष्ट्रपति डा. यादव उपचारका लागि अमेरिका जाँदै

0
Shares

ram baran yadab

काठमाडौँ १ असोज –  पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्योपचारका लागि आज संयुक्त राज्य अमेरिका जाँदै छन्।

अघिल्लो महिना भारतमा उपचार गराउँदा उनको प्रोस्टेटमा ट्युमर (क्यान्सर)भएको पुष्टि भएको थियो ।

उपचारका लागि अमेरिका प्रस्थान गर्नुअघि आज एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति डा यादवले चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षितरुपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार आवश्यक उपचारका लागि अमेरिका जान लागेको बताएका छन् ।

पूर्वराष्ट्रपति डा यादवको अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा यही असोज १० गते ट्युमरको शल्यक्रियाका लागि समय लिइएको छ ।

उनले सबै नेपालीको कामनाले आफू चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने विश्वास दिलाएका छन्। पूर्वराष्ट्रपति यादवले उपचारका लगि आर्थिक एवम् प्रशासनिक सहयोग गरिदिएको भन्दै नेपाल सरकारलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *