नुन दैनिक कति खाने ?

292
Shares

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन, डब्लूएचओले दैनिक पाँच ग्राम नुन खानका लागि सिफारिस गरेको छ र त्यसमा दुई ग्राम सोडियम हुन्छ। त्यो भनेको झन्डै एक चिया चम्चा बराबरको नुन हो।

विश्वव्यापी औसत दैनिक प्रति व्यक्ति नुन खपत भने करिब ११ ग्राम रहेको छ।

त्यसले मुटुरोग, पेटको क्यान्सर, मोटोपन, हाड कमजोर हुने अवस्था र मिर्गौलासम्बन्धी रोगहरू बढाउन सक्छ।

डब्लूएचओको अनुमानमा अधिक नुन सेवका कारण हरेक वर्ष विश्वमा १८ लाख ९० हजार मानिसको मृत्यु हुने गर्छ।

नुनको महत्त्व

‘जीवनका लागि नुन अपरिहार्य छ,’ संयुक्त राज्य अमेरिकास्थित रटगर्ज विश्वविद्यालयमा पोषण विज्ञानका प्राध्यापक पल ब्रेजलिन भन्छन्।

‘नुन विशेषगरी विद्युतीय रूपमा सक्रिय कोषहरूका लागि महत्त्वपूर्ण छ। त्यस्ता कोषहरूमा हाम्रा सबै न्यूरोनहरू, मस्तिष्क, मेरुदण्ड र सबै मांसपेशी पर्छन्। यो छाला र हड्डीका लागि पनि नभई नहुने कुरा हो।’

उनी हाम्रो शरीरमा पर्याप्त सोडियम भएन भने हामी मर्छौँ भन्ने चेतावनी समेत दिन्छन्।

सोडियमको कमीले हाइपोनेट्रिमिया हुन सक्छ। त्यसले भ्रमित हुने, दिग्दार लाग्ने, बान्ता आउने, काम्ने र कोमामा पुग्ने अवस्था पनि निम्त्याउन सक्छ।

नुनमा पाइने सोडियम शरीरमा पानीको उपयुक्त मात्रा कायम राख्न महत्वपूर्ण हुन्छ। यसले शरीरका कोषहरूलाई पोषकतत्व सोसेर लिन मद्दत गर्छ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *