टिमुरका औषधीय गुण

320
Shares

timur
मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। टिमुर बिशेष गरी घरेलु औषधीका रुपमा पनि प्रयोग गरेको पाइन्छ । टिमुरको प्रयोगले दाँत दुखेमा राहत मिल्छ र शरीरमा शक्ति पैदा गर्न मद्दत  गर्छ ।

ज्वरो आउँदा, झाडाबान्ता र हैजा लागेका बेलामा टिमुर सेवन गर्दा फाइदाजनक हुन्छ ।

टिमुरको धुलो अचार, चटनी, तरकारीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा औषधीका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *