टिमुरका औषधीय गुण
मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। टिमुर बिशेष गरी घरेलु औषधीका रुपमा पनि प्रयोग गरेको पाइन्छ । टिमुरको प्रयोगले दाँत दुखेमा राहत मिल्छ र शरीरमा शक्ति पैदा गर्न मद्दत गर्छ ।
ज्वरो आउँदा, झाडाबान्ता र हैजा लागेका बेलामा टिमुर सेवन गर्दा फाइदाजनक हुन्छ ।
टिमुरको धुलो अचार, चटनी, तरकारीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।
खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ ।
हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा औषधीका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।
सम्पर्क इमेल : [email protected]