प्रतिनिधिसभा सदस्य निर्वाचन:

पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा पराजित

84
Shares

काठमाडौं, २४ फागुन। प्रतिनिधि सभा सदस्य पदका लागि गत बिहीबार सम्पन्न निर्वाचनमा पूर्व स्वास्थ्य मन्त्रीहरु पराजित हुने क्रम रोकिएको छैन ।

सर्लाही ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा पनि पराजित भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका गगनकुमार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका डा अमरेशकुमार सिंहले पराजित गरेका हुन् ।

केहीबेरअघि सम्पन्न मतगणनामा डा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रहेका थापाले २२ हजार ८३१ मत ल्याए ।

एक पटक समानुपातिक सहित थापा यसअघि चार पटक सांसद बनिसकेका व्यक्ति हुन् । उनी २०७२ ७३ सालमा स्वास्थ्य मन्त्री बनेका थिए ।

डेढ महिना अघि विशेष महाधिवेशनमार्फत काँग्रेसको नेतृत्वमा पुगेका थापा यसपटक निर्वाचनमा आफ्नो पुरानो क्षेत्र काठमाडौँ ४ लाई छाडी सर्लाही ४ पुगेका थिए ।

यसअघि पूर्व स्वास्थ्य मन्त्रीहरु प्रदीप पौडेल, पदम गिरी, शक्ति बस्नेत, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी लगायत पराजित भईसकेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *