पूर्व प्रधानमन्त्री नेपाल अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भिआईपी क्याविन नहुँदा मनमोहनमा भर्ना

352
Shares

काठमाडौँ, १५ माघ । अस्वस्थ भएपछि नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

७२ वर्षीय नेपाललाई रुघा खोकी तथा ज्वरोको समस्या भएपछि उनलाई बुधबार (हिजो) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । त्यहाँ भिआईपी क्याविन नभएपछि संगै रहेको मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । यद्धपी उनलाई त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञहरुले हेरिरहेका छन् ।

‘उहाँको खास समसया रुघा, खोकी र ज्वरो हो । यता भिआईपी क्याविन नभएपछि मनमोहन तर्फको क्याविनमा भर्ना गरिएको हो । निगरानी चाहि त्रिविकै छातीरोग विभागका चिकित्सकहरुले नै गर्नु भएको छ,’ शिक्षण अस्पताल स्रोतले भन्यो ।

त्रिवि शिक्षण अस्पतालको भिआईपी क्याविन ६०१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको छ ।

बिहीबार विहान नेता नेपालको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुगेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *