नेपाल चिकित्सक संघको निर्वाचन यथास्थितिमा नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ, २० पुस । नेपाल चिकित्सक संघको निर्वाचन यथास्थितिमा नगर्न नगराउन उच्च अदालत पाटनले नेपाल चिकित्सक संघ र त्यसले गठन गरेको निर्वाचन समितिका नाममा अन्तरिम आदेश दिएको छ ।
डा अजयकुमार मिश्र र डा गणेश चौधरीले दायर गरेको रिटमा आज बहस सुनिसकेपछि न्यायाधीशद्धय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।
यो संगै नेपाल चिकित्सक संघको माघ २ देखि सुरु हुने दुई चरणको निर्वाचन अन्योलमा परेको छ ।
बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्धारी दिएका डा मिश्रको नाम निर्वाचन समितिले खारेज गरेपछि उनी उच्च अदालत गएका थिए ।
हेरौं अदालतको आदेश:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



