पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राडा सृजना श्रेष्ठ नियुक्त

172
Shares

 

काठमाडौँ, १६ पुस । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष (रेक्टर) पदमा प्राडा सृजना श्रेष्ठ नियुक्त भएकी छिन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत पुस १४ गतेको निर्णयानुसार उनलाई सो पदमा नियुक्त गरेको हो।

प्रतिष्ठानको सहकुलपति समेत रहेकी स्वास्थ्य मन्त्री डा. सुधा  शर्मा गौतमले उपकुलपतिको सिफारिसमा डा. श्रेष्ठलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा २१ को उपदफा (१) बमोजिम नियुक्त गरेकी हुन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालचिकित्सा विभागमा कार्यरत डा. श्रेष्ठको पदावधि चार वर्षको रहनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *