प्रत्यारोपण केन्द्रकी नव नियुक्त निर्देशक डा. श्रेष्ठले सम्हालिन जिम्मेवारी

92
Shares

काठमाडौँ, ५ मंसिर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नव नियुक्त कार्यकारी निर्देशक डा कल्पनाकुमारी श्रेष्ठले आजबाट जिम्मेवारी सम्हालेकी छन् ।

गत २ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले डा श्रेष्ठलाई चार वर्षका लागि सो केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी बरिष्ठ नेफ्रोलोजिष्ट हुन् ।

‘मन्त्री ज्यूले आज नियुक्ती पत्र दिनु भयो । त्यसपछि आजैबाट मैले पदीय जिम्मेवारी सम्हालेको छु,’ डा. श्रेष्ठले सम्छिप्त कुराकानी गर्दै भनिन् ।

यसअघि प्रत्यारोपण केन्द्रको निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ थिए । उनी त्यहाँका संस्थापक निर्देशक समेत हुन् ।

नव नियुक्त निर्देशक डा श्रेष्ठले नेपालको अंग प्रत्यारोपणको क्षेत्रमा केन्द्रले छोटो समयमै छुट्टै पहिचान बनाएको भन्दै त्यसलाई अझ बढाएर लैजाने आफ्नो प्रयास हुने बताईन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *