स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

240
Shares

काठमाडौँ, ४ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराको तत्कालीन प्रमुखसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालीन प्रमुख अशोककुमार सिंह सहित ६ जनाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

२०७५/७६ मा हिमाली गाउँपालिका-६ मा प्रसूति केन्द्र भवन निर्माणमा लागत अनुमानमा बमोजिम कार्य नगरी भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार उनीहरूले लागत अनुमानको काम नै नगरी झुटा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयारी गरी १५ लाख ८ हजार ५५७ रूपैयाँ भुक्तानी गरेको देखिएको छ।

यसमा प्रमुख सिंह सहित शिक्षा विकास तथा समन्वय इकाई बाजुराका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सव- इन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरूद्ध मुद्दा दर्ता भएको हो।

अख्तियारले ६ जनासँग जनही १५ लाख ८ हजार ५ सय ५७ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *