यी हुन् नेपाल मेडिकल काउन्सिल निर्वाचनका लागि उम्मेद्धारी दिने ३७ जना चिकित्सक

384
Shares

काठमाडौँ, १ मंसिर । निर्वाचनबाट छनौट हुने नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ उपाध्यक्ष पदका लागि आइतबार ३७ जनाले उम्मेद्धारी दिएका थिए । त्यसमा चार जना उपाध्यक्ष र ३३ जना सदस्य पदका लागि उम्मेद्धारी दिएका हुन् ।

त्यसरी उम्मेद्धारी दिनेहरुमा उपाध्यक्ष तर्फ डा अजयसिंह थापा, डा गुरु शरण साह, डा कुन्जाङ शेर्पा र डा कालुसिंह खत्री रहेका छन् ।

सदस्यहरु तर्फ डा प्रमोदकुमार साह, डा नीना राई, डा दिनेशकुमार विक, डा बुद्धि प्रसाद भण्डारी, डा दीपेन्द्र पाण्डे, डा विजय बिक्रम बम, डा प्राची बोगटी, डा हरिप्रसाद रिजाल डा निशास भुर्त्याल, डा अस्मिता पोखरेल र डा प्रदीपक कुमार रोय रहेका छन् ।

यस्तै डा कुम्भराज जोशी, डा धु्रब नारायण साह, डा दिनेश दर्नाल, डा अरुणकुमार महत, डा कुन्दन शेखर शर्मा, डा उज्वल ठाकुर, डा दीपेश पौडेल, डा उत्तरकुमार गौतम, डा सारिका गोइत, डा सम्राट पराजुली र डा योभिनकुमार यादव रहेका छन् ।

यस्तै डा सरोजकुमार गोहीवार, डा बुद्धिनाथ साह, डा सरस्वति भट्टराई, डा छविलाल पन्थी, डा रविन बस्नेत, डा सरोजकुमार साह, डा प्रकाश सिंह, डा राम थापा क्षेत्री, डा बुद्धिमान तामाङ, डा दिक्षान्त आचार्य र डा घनश्याम पाण्डे रहेका छन् ।

काउन्सिल निर्वाचन समितिका संयोजक प्राडा रविन्द्रमान श्रेष्ठले उम्मेद्धारको प्रथम नामावली प्रकाशित भएको भन्दै कुनै दावी विरोध भएमा मंगलबार (भोली) विहान १० देखि ४ बजेसम्म लिखित निवेदन दिन सकिने बताए ।

काउन्सिलले यो निर्वाचन काठमाडौँ उपत्यका बाहिर पुसको ५ र ६ गते तथा काठमाडौँ उपत्यका भित्र पुसको ११ र १२ गते गर्ने तयारीमा छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *