तराई-मधेसमा बढ्दै सर्पदंशका बिरामी

36
Shares

काठमाडौँ, १८ भदौ । तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको संख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ ।

दैनिक पाँचरछ जना सर्पदंश बिरामीहरु अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपतकालिन सेवा कक्ष प्रमुख उज्वल झाले जानकारी दिए ।

उनकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ ।

यद्यपि, समयमै अस्पताल पुग्ने गरेका कारण सर्पदंशका कारण हुने मृत्युदरमा कमी आएको उनको भनाइ छ ।

हालसम्म प्रादेशिक अस्पतालमा सर्पदंशका कारण सात जनाको मुत्यु भएको झाले जानकारी दिए ।

वर्षा र गर्मीको समयमा सचेत रहन तथा सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीको आग्रह छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *