न्याम्सको सभा बैठक: चालु आ.व.को लागि ४ अर्व १२ करोड बजेट पारित

दुवाकोट परियोजनाको डीपीआर अघि बढाउन सैद्धान्तिक सहमति प्रदान
1.0k
Shares

काठमाडौँ, २६ साउन ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३ औँ सभा (सिनेट) बैठक सम्पन्न भएको छ । सोमबार (आज) विहान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा बसेको बैठकले आर्थिक, शैक्षिक, भौतिक तथा प्रशासनिक कार्य संग जोडिएका प्रस्तावहरुलाई पारित गरेको छ ।

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार बैठकले न्याम्सको चालु आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ४ अर्व १२ करोड रुपैयाँको बजेट पास गरेको छ । यस्तै दुवाकोट परियोजनाको डीपीआर बनाउने विषयमा सैद्धान्तिक रुपमा सहमति दिने निर्णय गरेको छ ।

बैठकले न्याम्सबाट विभिन्न विषय र विभिन्न तह उत्तीर्ण गरेका १७८ जनालाई आगामी दीक्षान्त समारोहमा उपाधि दिनका लागि ग्रेस लिष्टमा समावेश गर्ने निर्णय गरेको छ ।

उपकुलपति प्राडा बस्नेतले न्याम्सका शैक्षिक कार्यक्रम सञ्चालन भएका वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पतालहरुमा शिक्षक दरबन्दी थप गर्ने सम्वन्धी प्रस्ताव समेत पास भएको बताए ।

यसैगरी बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको महंगी भत्ता समायोजन गर्ने कार्यलाई पनि पारित गरेको छ ।

विहान साढे १० बजेबाट सुरु भएको बैठकमा सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छा, स्वास्थ्य सचिव डा विकास देवकोटा लगायत अरु सिनेट सदस्यहरुको सहभागिता थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *