सुर्तीजन्य पदार्थमा सत प्रतिशत भागमा चित्र छाप्ने कि नछाप्ने ? सर्बोच्चमा आज पनि भएन सुनुवाई

80
Shares

काठमाडौँ ११ साउन । सुर्तीजन्य पदार्थको प्याकेटमा सत प्रतिशत चित्र छाप्ने सरकारको निर्णयविरुद्ध सर्बोच्चमा परेको मुद्धाको अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा आज अन्तिम टुंगो लाग्ने अनुमान गरिएको थियो ।

तर अनुमान भन्दा बिपरित मुद्धा नै हेर्न नमिल्ने सूचीमा पर्‍यो । यहि मुद्धामा यसअघि आदेश गरेका तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी चडेपछि हेर्न नमिल्ने सूचीमा परेको हो ।

नेपालको प्रमुख चुरोट निर्माता कम्पनी सूर्य नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मुद्धा दायर गरेका थिए ।

सत प्रतिशत चित्र छाप्ने निर्देशिका कार्यान्वयन गर्ने मिति डेढ महिना कम भएका बेला उक्त कम्पनीले गत १८ असारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथलाई विपक्षी बनाई सर्बोच्च अदालतमा रिट दायर गरेको हो ।यो मुद्धामा तीन पटक यसैगरी अघि बढ्न सकिएको छैन ।
यत

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *