हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

56
Shares

काठमाडौँ, ३२ असार । बागमती प्रदेशको राजधानी हेटौँडा– १७ हटियामा ३० शय्याको सुविधा सम्पन्न प्रहरी अस्पताल भवन निर्माण सुरु भएको छ ।

प्रदेश सरकारको आठ करोड तीन लाख ७१ हजार रुपैयाँको लागतमा अस्पताल भवन निर्माण हुने भएको हो । पहिलो चरणमा १५ शय्याको भवन निर्माणमा गरिने छ ।

भवन निर्माणको मङ्गलबार आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने शिलान्यास गरे ।

हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालन हुने अस्पताल भवनमा सबै किसिमका भौतिक पूर्वाधार एवं संरचना निर्माण गरिने मन्त्री लामिछानेले बताए । उक्त भवन आगामी २०८३ पुस १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *