भगवती न्यौपाने बनिन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

232
Shares

काठमाडौँ, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने नियुक्त भएकी छन् । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यको रुपमा प्रतिनिधित्व गरेकी सांसद न्यौपानेलेलाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) नियुक्त गरेका हुन् ।

यसअघिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता थिए । एमालेबाट प्रतिनिधि सभा सदस्यमा बिजयी गुप्तालाई ओली नेतृत्वको सरकारले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएको थियो । तर गुप्ता ७८ लाख घुस डील काण्डमा मुछिए । उनले आज विहान पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।

सोही रिक्त पदमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *