बैतडीका ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’

16
Shares

काठमाडौँ, ३१ असार । बैतडीका ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ।’

स्वास्थ्य कार्यालयले जिल्लाका नौ वटा स्थानीय तहका मुहानबाट जाँचका लागि नमूना पानी सङ्कलन गरी परीक्षण गर्दा कोलिफर्म भेटिएको जनाएको छ।

शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहका १६४ वटा मुहानबाट नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट धर्मानन्द बडूले बताए।

स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित रुपमा प्रयोग भइरहने मुहानबाट नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो।

सबैभन्दा धेरै पुर्चौडी नगरपालिकाका खानेपानीका मुहान दूषित रहेको पाइएको छ। ३२ वटा नमूना सङ्कलन गरी परीक्षण गर्दा १५ मा कोलिफर्म भेटिएको हो। पाटनमा १३ मध्ये नौ, सिगासबाट १५ वटा नमूना सङ्कलन गरी परीक्षण गर्दा सात मुहानमा कोलिफर्म भेटिएको हो।

त्यसैगरी दशरथचन्दमा चार मध्ये एक, दोगडाकेदारमा २१ मध्ये एक, डिलाशैनीमा छ मध्ये एक, पञ्चेश्वरमा १६ मध्ये एक, मेलौलीमा ३७ मध्ये दुई र सुर्नयमा २० मध्ये एकमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा उक्त परिणाम प्राप्त भएको हो। खानेपानीका मुहानको सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहानमा मिसिन गई दूषित हुने गरेको छ।

उपभोक्तालाई स्वच्छ पानी पु९याउन स्थानीय तहहरुलाई पनि खानेपानी सुरक्षा योजना लागू गर्न र मुहान तथा धाराहरु सफा गर्न सुझाव पठाइएको बडालले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *