एक सातामा ३५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

72
Shares

काठमाडौँ, २० असार । नेपालमा एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार एक सातामा चार प्रदेशमा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

महाशाखाको रिपोर्टअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २६ जना, कोशी प्रदेशमा ४ जना, मधेस प्रदेशमा ३जना र गण्डकी प्रदेशमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, एक सातामा एक जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

देशभर हालसम्म २ सय ४९ जना कोरोना सङ्क्रमित रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो समय भारतमा चार नयाँ भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ फेला परेसंगै नेपालमा पनि कोरोना संक्रमतिको संख्या बढन थालेको छ ।

यो संगै नेपालमा भारतसँग सीमा जोडिएका नाकाहरुमा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षणको व्यवस्था गरिदै आएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *