अमेरिका नेपाल मेडिकल फाउण्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित

164
Shares

काठमाडौँ, १ असार । अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित भएका छन् ।

अमेरिकाको वासिङटन डिसीमा जारी २९ औ साधारण सभाले डा. सापकोटाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. नारायण न्यौपाने, सचिवमा डा. नविन कैनी, कोषाध्यक्षमा डा. कल्पना श्रेष्ठ र सह कोषाध्यक्षमा डा. सुशील सुवेदी रहेका छन् ।

यसैगरी सदस्यहरुमा डा. विकास भट्टराई, डा. विनोद ढुंगाना, डा. विवेक वाग्ले, डा.विनोद खड्का, डा. डिल्ली भुर्तेल, डा. गणेश चौधरी, डा. जीवन लामिछाने, श्रद्धा मानन्धर, उपेन्द्र काफ्ले, डा. राजु सेन्चुरी, डा. लक्ष्मण तिवारी, डा. वीरेन्द्र शाह, डा.सन्तोष सापकोटा, डा.सरोज कँडेल, डा.श्याम पौडेल, डा.निता थापा, डा. समिर गौतम, डा. अनन्ता सुवेदी, डा.भुपेष खड्का, डा. मार्भिन ब्रुस्टिन निर्वाचित भएका छन् ।

सन् १९९७ बाट सुरुवात भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ।

शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय रूपमा सहभागी हुँदै आइरहेको छ ।

सन् १९९७ मा नर्थ अमेरिकामा रहेका नेपाली डाक्टर र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो।

न्यूयोर्कमा दर्ता भएको यो संस्था सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ नेपालमा पनि स्थापना भएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *