मन्त्रिपरिषद् बैठकको निर्णय :

डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठ अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा

1.0k
Shares

काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव (१२ औं तह) डा केशरबहादुर ढकाल र डा श्रीकृष्ण श्रेष्ठ बढुवा भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले डा ढकाल र डा श्रेष्ठलाई अतिरिक्त स्वास्थ्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि गत १ जेठमा बसेको बढुवा समितिको बैठकले बढुवाका लागि डा ढकाल, डा श्रेष्ठ र डा सुधा देवकोटाको नाम सिफारिस गरेको थियो । त्यसमा एक नम्बरमा डा ढकाल र दुई नम्बरमा डा श्रेष्ठको नाम थियो ।

आज बढुवा भएका डा ढकाल प्रादेशिक अस्पताल सुर्खेतमा प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा कार्यरत छन् ।
यस्तै डा श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञको रुपमा कार्यरत छन् ।

यसअघि अतिरिक्त स्वास्थ्य सचिव पदका लागि आवेदन दिनेहरुको संख्या २४ भए पनि डा. डेलासिह जोशीले आफ्नो आवेदन फिर्ता लिएपछि प्रतिस्पर्धा २३ जनामा खुम्चिएको थियो । उनीहरु मध्येबाट तीन जनाको नाम सिफारिस गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *