हिमानी र हृदयेन्द्रद्धारा जुम्लाको गुठिचौरमा बर्थिङ सेन्टर शिलान्यास

24
Shares

काठमाडौँ, २५ जेठ । पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्र शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेका छन् ।

आइतबार जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा हिमानी ट्रष्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को उनीहरुले संयुक्त रुपमा शिलान्यास हुन् ।

यस कार्यक्रमका लागि पूर्वयुवराज्ञी हिमानीसँगै पूर्वनवयुवराज हृदयेन्द्र शनिबार जुम्ला पुगेका थिए।

उनीहरु संगै राप्रपाका प्रमुख सचेत तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाही पनि त्यहाँ पुगेका थिए । सो अवसरमा बोल्दै सांसद शाहीले पूर्व राजपरिवारका सदस्यहरुले जुम्लामा उदाहरणीय काम गरेको बताए।

कार्यक्रममा गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले राजपरिवारप्रति धन्यवाद व्यक्त गरे। गुठिचैर–१ का वडाध्यक्ष अजुन महताराले बर्थिङ सेन्टरले गाउँघरका महिलालाई सहज हुने बताए।

शिलान्यास कार्यक्रममा पूर्वयुराज्ञी हिमानीले जगमा पुजा गरेकी थिईन् ।

पूर्व नवयुवराज हृदयेन्द्रले भने बेल्चा चलाउने देखि किला ठोक्न हतौडा उठाएको तस्बिर देखिएको छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *