सुदूरपश्चिममा थपिए चार जना कोरोना संक्रमित

44
Shares

काठमाडौँ, २४ जेठ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्ले चौबिस घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उनका अनुसार संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन्।

त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरु कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले जानकारी दिए।

उनले भने, ‘शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा चार जनामा कोभिड पुष्टि भएको छ, संक्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ।’

यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा संक्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *