राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष पदमा डा. सन्तोष पौडेल, महासचिव बने भीमराज सिंह (कार्यसमितिको विवरण सहित)

९९ सदस्यीय नयाँ कार्यसमितिमा सबै पदमा सहमतिको आधारमा चुनियो
4.3k
Shares

काठमाडौँ, १९ जेठ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्ष पदमा डा। सन्तोष पौडेल चुनिएका छन् । राजधानीमा गत शनिबार देखि जारी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट डा पौडेल अध्यक्षमा चयन भएका हुन् । यसअघि उनी महासचिव थिए ।

यसैगरी संगठनको उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल चयन भएका छन् । महासचिव पदमा भीमराज सिंह चयन भएका छन् । उनी यसअघि उपाध्यक्ष थिए ।

यसैगरी उपमहासचिव पदमा खगराज पोखरेल, सचिव पदमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन् ।

नौ सदस्यीय पदाधिकारीमा सहमति जुटेको भन्दै अपरान्ह तिर नै नाम घोषणा भएको थियो तर प्रतिनिधिहरुले असन्तुष्टि जनाएपछि अध्यक्ष मण्डलले केही समय पुन छलफल गरेको थियो ।

९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा सबै पदमा सहमतिको आधारमा टुंगिएको बताइएको छ ।

कस्तो बन्यो ९९ सदस्यीय कार्यसमिति ? हेर्नुहोस् पुरा बिबरण

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष पदमा डा. सन्तोष पौडेल, महासचिव बने भीमराज सिंह (कार्यसमितिको विवरण सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *