एन्जिओप्लास्टी पछि पूर्व प्रधानमन्त्री नेपालको अवस्था सामान्यउन्मुख

काठमाडौँ, २६ बैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ। बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक तथा इन्टरभेन्सन कार्डियोलोजिष्ट प्राडा रत्नमणी गजुरेलको नेतृत्वमा रहेको चिकित्सकहरुको टोली उनको उपचार गरेको हो ।

डा गजुरेलका अनुसार पूर्वप्रधानमन्त्री नेपालको मुटुको एउटा नशा (कोरोनरी आर्टरी) बन्द भएको थियो । त्यसलाई एन्जिओप्लास्टी गरी खोलेको हो ।

‘उहाँको समस्या पहिले नै थाहा भएको हो । तर के के नमिल्दा एन्जिओप्लास्टी गर्ने तालिका सर्दै आएको हो । र हिजो विहान आउनु भयो र हामीले आवश्यक उपचार सुरु गरि हाल्यौँ, डा. गजुरेलले भने । उनले एन्जिओप्लास्टीपछि अध्यक्ष नेपालको अवस्था सामान्य हुँदै गईरहेको समेत बताए ।

‘हामीले यस्तो केशमा २४ देखि ७२ घण्टा अब्जर्व गर्ने गर्दछौँ । अब आज वार्ड तिर सारेर एक दुई दिन आराम पछि डिस्चार्ज हुनुहोला ‘डा. गजुरेलले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *