आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारी आठौँ तह सरह : शिक्षा मन्त्रालय

72
Shares

काठमाडौँ, २२ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकका निर्वाह भत्ता सरकारी आठौँ तह सरह रहेको स्पष्ट पारेको छ ।

मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै आयोगको १६ बैठकको निर्णय स्मरण गराउँदै आठौँ तह सरह निर्वाह भत्ता दिने निर्णय भएको उल्लेख गर्दै निजी मेडिकल कलेजहरुलाई स्मरण गराएको छ ।

विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकको निर्णय नम्बर १ स्मरण गराउँदै भनेको छ, ‘सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह (मासिक रु।४८,७३७ ) अक्षरेपी अठ्चालिस हजार सात सय सैंतिस रूपैयाँ० सम्पूर्ण आवासीय चिकित्सकलाई तत्काल उपलब्ध गराउनु ।’

मन्त्रालयले विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता उपलब्ध गराउन सम्बन्धित विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजलाई निर्देशन दिने” भनेर प्रष्ट रूपले उल्लेख गरिएको छ ।

उक्त निर्णयअनुसार सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह मासिक रु. ४८,७३७।- सम्पूर्ण आवासीय चिकित्सकलाई सम्बन्धित पक्षलाई आग्रह गर्दछौं।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *